मुख्य विषयवस्तुमा जानुहोस्
मङ्गल, ०३ चैत २०८२
Nuwakot Darpan
आजको मिति
News Advertisement

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो

काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो स्थानमा उक्लिएको छ।

 तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६  रनले हरायो।

 यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो ।

 काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ ,अभिशेष गौतमले १६ रन जोडे।

 बलिङमा काठमाडौंका जहान्दाद खानले ४,करण केसीले २ विकेट लिए।

  यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८  विकेटको क्षतिमा  १६० रन बनायो।

 जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे। यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी गरे। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए।

 लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २-२ विकेट हात पारे।

विज्ञापन

सम्बन्धित खबर

आजका ताजा समाचार

यो नमूना समाचार विवरण हो। प्रकाशनअघि वास्तविक समाचार सामग्री राख्नुहोस्।

नुवाकोटका मुख्य समाचार

समाचार विवरणको नमूना पाठ। कृपया यसलाई वास्तविक समाचारले प्रतिस्थापन गर्नुहोस्।

स्थानीय समाचार विशेष

यो नमूना समाचार विवरण हो। प्रकाशनअघि वास्तविक समाचार सामग्री राख्नुहोस्।

नमूना समाचार शीर्षक

यो परीक्षणका लागि राखिएको नमूना सामग्री हो। प्रकाशनअघि विवरण अद्यावधिक गर्नुहोस्।